Incident Reports

धारिलो हतियार प्रयोग गरि एकजनाको बीभत्स हत्या

2022-11-01

Bagmati, Lalitpur, Lalitpur, Ward 27

ललितपुरको सुनाकोठीमा धारिलो हतियार प्रयोग गरि एकजनाको बीभत्स हत्या भएको छ। ललितपुर महानगरपालिका– २७ सुनाकोठीमा डेरामा बस्दै आएका अन्दाजी ३५/४० वर्षीय रामचन्द्र राईको हत्या भएको हो ।

 जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीका अनुसार रामचन्द्रको हत्या आरोपमा घटनालगत्तै सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा राजेन्द्रलाई प्रहरीले सुनाकोठीबाटै पक्राउ गरेको थियो ।

उनीहरु दुबैजना चिनजानका भएको एसपी शाहीले जानकारी दिए । उनका अनुसार दुबैजनाले मादक पदर्थ सेवन गरेपछि विवाद र झगडा सुरु भएको थियो । सोही क्रममा राजेन्द्रले धारिलो हतियार प्रयोग गरि रामचन्द्रको हत्या गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । हत्या आरोपी राजेन्द्रलाई महानगरीय प्रहरी वृत्त चापागाउको हिरासतमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports