Incident Reports

पतिविरुद्ध पत्नीद्वारा बहुविवाहको मुद्दा दर्ता l

2014-09-15

Gandaki, Kaski, Rupa

San Bahadur Thapa कास्की । ०७१ भदौ ३० गते हंसपुर गाविस-१ घर भइ लेखनाथ नपा-१ सैनिकवस्तीकी ३० वर्षीया बिनीता विकले पति ३३ वर्षीय प्रकाश विकविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गरेकी छन् । पतिले चितवन जिल्ला पार्वतीपुर गाविस-५ की २० वर्षीया अमृता विकसँग भदौ २३ गते दोस्रो विवाह गरेको उजुरीमा उल्लेख छ । घटनापछि फरार रहेका आरोपित पतिको खोजविन भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाले जनायो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis