Incident Reports

प्रहरीलाई दुर्व्यवहार र गाडी तोडफोड गरेको अभियोगमा एक जना पक्राउ

2022-11-03

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 7

प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा एक जना अभियुक्त पक्राउ परेका छन् । उनी (हिजो) बुधबार राति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ वीरेन्द्रचोक बस्दै आएका ४५ वर्षीय सरोज कार्की रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ साईरामचोकस्थित एक होटलमा मादक पदार्थ सेवन गरी होटल सञ्चालकलाई अश्लिल गाली ग्लोज तथा दुब्र्यवहार गर्नुका साथै होटल तोडफोड गरेको अभियोगमा अभियुक्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोलीमाथि नै हातपात गर्नुको साथै प्रहरीको गाडीमा समेत क्षति पुर्याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports