Incident Reports

भरुवा बन्दुकको त्रास देखाउँदै श्रीमतीमाथि कुटपिट गर्ने पक्राउ

2022-11-03

Province 1, Morang, Uralabari, Ward 2

मोरङको उर्लाबारीमा श्रीमतीलाई कुटपिटमा संलग्न एक युवालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका-२ का ३१ वर्षीय दीपक विश्वकर्मालाई बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर भरुवा बन्दुकले डर त्रास देखाउँदै श्रीमतीमाथि कुटपिट गरेको पाइएपछि बुधबार साँझ विश्वकर्मालाई पक्राउ गरिएको हो। बन्दुकले डर त्रास देखाउँदै श्रीमतीमाथि कुटपिट गरिरहेको सूचना प्रहरीलाई पुगेको थियो। अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएर घर खानतलासी गरेको थियो। त्यस क्रममा घरभित्र भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। विश्वकर्माविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन बिहीबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments