Incident Reports

१० वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

2022-11-02

Gandaki, Tanahun, Shuklagandaki, Ward 8

तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता दाङमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments