Incident Reports

जम्मा गरेको रकम नपाएपछि सहकारीविरूद्ध धर्ना

2022-11-03

Lumbini, Bardiya, Ward 5

गुलरिया नगरपालिका—५ का जितबहादुर केसी आफूले जम्मा गरेको ४० लाख रुपैयाँ झिक्न नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडमा पुग्दा हैरान भए । सहकारीमा रकम मौज्दात नभएको भन्दै केसीलाई सहकारीले फर्कायो । नमस्ते बचत तथा सहकारी संस्था लिमिटेड गुलरियामा रकम लिन आएका सेवाग्राही र सुरक्षा दिँदै प्रहरी । उनी जस्तै दिपेशकुमार गुप्ता ७ लाख रकम बुझ्न चेक लिएर सहकारी संस्था पुगे । उनलाई पनि सहकारीमा रकम अभाव भएको भन्दै भुक्तानी दिइएन । गुलरिया—६ का शिव गुप्ताको २० लाख जम्मा गरेको रकमसमेत सहकारीले दिन मानेन । केसी, गुप्ता जस्ता सैयौं सेवाग्राहीले जम्मा गरेको रकम नपाएपछि आक्रोशित भई सहकारी संस्थाविरुद्ध प्रदर्शनमा उत्रेका छन् । प्रहरीले सहकारी संस्थामा अप्रिय घटना नहोस् भन्दै पहरा दिइरहेका छन् । थुप्रै सेवाग्राही आफ्नो रकम असुल गरिदिन बुधबार प्रहरी कार्यालय पुगेका थिए । बिहीबार बिहान पनि यस्तै अवस्था रह्यो ।

आर्कषक ब्याज पाउने आशामा दर्जनौं सेवाग्राहीको रकम हिनामिना भएको आशंका प्रहरीको छ । केही सेवाग्राहीले डेढ करोडसम्म रकम जम्मा गरेका छन् । स्थानीय व्यवसायी सपना डिसीले श्रीमान् र आफ्नो गरी ५ वर्षदेखि दैनिक ५/६ हजारका दरले उक्त सहकारीमा रकम जम्मा गरेको बताइन् । दैनिक ज्यालादारीदेखि काम गर्ने मानिसले जम्मा गरेको लाखौं रुपैयाँ भुक्तानी नपाएपछि सहकारी संस्थामा घेराउ गरेका छन् । सहकारीका प्रबन्धक सञ्जिवकुमार महतोसहित सञ्चालक सम्पर्कविहीन भएको भन्दै उनीहरुमाथि कारबाही र रकम फिर्ताको माग राख्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हिक्मत सिंह बोहोराले बताए ।

‘सबैको मोबाइलको स्विच अफ छ,’ उनले भने, ‘सहकारीका प्रबन्धकसहित सञ्चालकमाथि अनुसन्धान भइरहेको छ ।’ बारबर्दियास्थित उक्त सहकारीका एक कर्मचारीलाई महतोले आफू मुटुको उपचारमा लखनउ आएको र थप उपचारका लागि दिल्ली गएको मेसेन्जरमा खबर पठाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis