Incident Reports

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

2022-10-28

Province 1, Morang, Biratnagar, Ward 12

विराटनगर १२ का एक ३८ वर्षीय युवक स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कार्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् ।

पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलात्कार आरोपमा पक्राउ परेका कामत अविवाहित हुन् । पीडित बालिकाले कामतले बलात्कार गरेको विषयमा छिमेकीलाई सुनाएकी थिइन् । त्यसपछि बलत्कारको घटना विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा पुगेको थियो ।

पीडित बालिकाका बावुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामतविरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जवरजस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ । पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments