Incident Reports

आठ वर्षीया बालिका बलात्कार घटनाका आरोपित थुनामा l

2014-09-16

Chettu Sherpa सङ्खुवासभा । ०७१ भदौ ३० गते आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मादी राम्बेनी गाविस-६ च्याङरीङका १७ वर्षीय मिलन लिम्बूलाई जिल्ला अदालतले भदौ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पीडितलाई आरोपितले साउन २५ गते राति बलात्कार गरेको आरोपमा पीडितका आफन्तले इलाका प्रहरी कार्यालय चैनपुरमा साउन २६ गते उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरी सोही दिन जबरजस्ती करणी महलमा मुद्दा दर्ता गरेको थियो । पीडितको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा साउन २६ गते स्वास्थ्य परीक्षण भएको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis