Incident Reports

ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

2022-11-04

Province 1, Okhaldhunga, Siddhicharan, Ward 11

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आउनु भएका ६१ वर्षीय रामबहादुरलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राती सामान्य घरायसी विवादका क्रममा राईले ३३ वर्षीया श्रीमती कल्पना खड्का राईलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटना स्थलमै उहाँको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । आरोपित राईलाई श्रीमती हत्या आरोपमा शनिबार बिहान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments