Incident Reports

समाचार संकलनको क्रममा रातोपाटीकर्मीमाथि दुर्व्यवहार गरेको घटनाप्रति महासंघद्वारा भर्त्सना

2022-11-06

Madhes, Bara, Jitpur Simara, Ward 7

जीतपुरसिमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले आइतवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयमा समाचार लेखेको भन्दै केही एमाले कार्यकर्ता तथा आन्दोलनकारीले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनामा पत्रकार महासंघ बाराले घोर भर्त्सना गरेको छ ।

आइतबार जीतपुरसिमरा वडा नं ७ का वडाध्यक्ष गुप्ताले आस्रन निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बारा ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । सो विषयलाई लिएर प्रहरीले वडाध्यक्ष गुप्तालाई करिब १ घन्टा नियन्त्रणमा लिएर अव तालाबन्दी नगर्ने सर्तमा माफी मगाएर छोडेको थियो । सोही विषयलाई लिएर लेखिएको समाचारमा एमालेका केही कार्यकर्ता तथा महिला आन्दोलनकारीले सञ्चारकर्मी शारदा पोखरेललाई समाचार किन लेखेको भन्दै मोबाइल खोसेर समाचार सामग्री हटाउनुका साथै गालीगलौजसहित दुर्व्यवहार गरेका थिए । सोही घटनालाई लिएर पत्रकार महासंघले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै रातोपाटी संवाददाता शारदा पोखरेलमाथि समाचार लेखेकै भरमा अभद्र व्यवहार गरिनु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप र निन्दनीय कार्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । ‘स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न पाउने हकको हनन् गर्दै पत्रकार पोखरेलमाथि केही व्यक्तिले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ बारा शाखा खेद व्यक्त गर्दछ’ महासंघले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments