Incident Reports

कपिलवस्तुमा दुई ट्रक र एक मोटरसाइकलमा आगजनी

2022-11-08

Lumbini, Kapilbastu, Shivaraj, Ward 6

कपिलवस्तुमा अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेका दुई वटा ट्रकमा आगजनी गरेको छ । शिवराज नगरपालिका-६ वीरपुर र गडगडौवामा आगजनी भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको हाे । त्यस्तै शिवराज नगरपालिका वडा नम्बर ७ जवाभारीस्थित नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का उम्मेदवार वीरेन्द्र कनोडियाको गेट अगाडी मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएकाे छ । गडगडौवास्थित आगजनी भएको कर्णाली प्रदेश ०२९००१ ख ०५७८ नम्बरको ट्रकको पछाडीको भागमा आगोले क्षति पुर्‍याएको छ । सोही वडा अन्तर्गत ना ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका-७ जवाभारीस्थित लु ५ प ९२८७ नम्बरको मोटरसाइकलमा पनि आगलागी भएको छ । आगो कसले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन । घटना स्थलबाट नेपाल जनतान्त्रिक मुक्ति मोर्चा (संयोजक बिकरान्त) लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारेमा थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tarai-based Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media

0 Comments