2022-11-10
Sudurpashchim, Darchula, Apihimal, Ward 5
दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा चार जना घाइते भएका छन् । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झडप भएको हो । गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Group Clash |
Weapons | None |
Primary Cause | Election-related incident |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation | UML and affiliated org |
Actor 2 - Youth | na |
Youth Killed | 00 |
Total Injured | 4 |