Incident Reports

रवि लामिछानेको गाडीमाथि आक्रमण

2022-11-13

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडीमाथि चितवनमा आक्रमण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार गणेश कार्कीले पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको भन्दै सामाजिक सञ्जालमा फोटो र भिडिओहरु साझा गरेका छन्। ‘पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको छ। निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने राज्य मुकदर्शक बनेको छ,’ उनले लेखेका छन्, ‘शान्ति सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरी एक पटक उदाङ्गो भएको छ। हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ। मङ्सिर ४ मा यो देशमा घण्टी त बज्छ, बज्छ।’ उनले समर्थक तथा शुभचिन्तकहरूलाई देशमा यो निर्वाचनमा केही अलग हुँदै गरेको जनाएका छन्। ‘यो परिवर्तनबाट आफूलाई जोखिम देखेकाहरूले उग्रता देखाउन सक्छन्। यसैले जे जस्तो परिस्थितिमा पनि आफू शान्त रहनुहोला, सुरक्षित रहनुहोला। आफूलाई कति पनि अप्ठ्यारो र जोखिममा नपारी मत परिवर्तन गर्नुहोला। सबै मिलेर राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नै पर्छ’ कार्कीले लेखेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments