Incident Reports

तनहुँमा रड प्रहार गरी सँगै काम गर्ने साथीको हत्या

2022-11-12

Gandaki, Tanahun, Shuklagandaki, Ward 4

तनहुँमा शुक्रबार रडले प्रहार गरी एक युवकको हत्या भएको छ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा रहेको रिमाल अटो केयरमा काम गर्दै आएका विरम आलेको रड प्रहारबाट मृत्यु भएको हो । २४ वर्षीय आलेलाई सोही अटो केयरमा काम गर्दै आएका २५ वर्षीय नवीन कुमार चौधरीले पछाडिबाट ४-५ पटक रडले प्रहार गरेको प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका आलेलाई तनहुँ सेवा हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको थियो । आलेको उपचारका क्रममा मणिपालमा मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ । व्यक्तिगत रिसिइबीका कारण उक्त घटना भएको प्रारम्भिक बुझाई रहेको प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports