Incident Reports

पाहुना आएका मामाको हत्या आरोपमा भान्जा पक्राउ

2022-11-13

Province 1, Morang, Uralabari, Ward 8

पाहुना आएका मामाको हत्या आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरीशनिश्चरे नपा ८ का ४२ वर्षीय मामा काजी मोहराको हत्या अरोपमा भान्जा २२ वर्षीय सुजन पाँचकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायासी बादविवादको क्रममा २७ कात्तिक साँझ उर्लाबारी ८ घर भएका भान्जा सुजनले मामा काजीलाई धारिलो हतियार टाउकोमा प्रहारगरि घाइते बनाएका थिए ।

उनको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टरमा उपचारका क्रममा २८ कार्तिक बिहान १ बजे मृत्यु भएको थियो । मामाको मृत्यु भएपछि भान्जा सुजनलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports