Incident Reports

दुई पक्षबिच झडप हुँदा दुई जना घाइते

2022-11-12

Madhes, Sarlahi, Kaudena

सर्लाही जिल्लाको क्षेत्र नं. २ मा पर्ने मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा पर्ने सडक निर्माणको कार्य नभएको भन्दै कौडेना गाउँपालिकाका स्थानीय बासी र हाम्रो नेपाली पार्टी (लौरो चुनाव चिन्ह) का कार्यकर्ताहरूद्वारा बाटो जाम गरेपछि बाटो खुलाउन गएका गठबन्धनका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूसँग झडप हुँदा दुई जना कार्यकर्ता घाइते भएको कौडेना गाउँपालिका–५ निवासी हाम्रो नेपाली पार्टीका कार्यकर्ता २८ वर्षीय राम एकवाल बैठाले जानकारी दिनु भएको छ । स्थानीयले कात्तिक २१ गतेदेखि रोड जाम गर्दै आइरहेको र कात्तिक २६ गते दिउँसो हाम्रो नेपाली पार्टीका कार्यकर्ताहरूले समर्थक जनाउन जाँदा गठबन्धनका माओवादी केन्द्रका कार्यकर्ता तथा हाम्रो नेपाली पार्टीका कार्यकर्ताहरू बिच झडप भएको हो । झडपमा परि घाइते भएका कौडेना गाउँपालिका–७ निवासी हाम्रो नेपाली पार्टीका कार्यकर्ता ३२ वर्षीय राम नरेश कुशवाहा र सोही गाउँपालिका वडा नं. ५ का ३४ वर्षीय भरोसी सहनीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Total Injured 2
INSEC

0 Comments