Incident Reports

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

2022-11-15

Madhes, Mahottari, Balwa, Ward 7

महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments