Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने तीन महिला गिरफ्तार l

2014-09-18

Bagmati, Makawanpur, Manahari

Pratap Bista मकवानपुर । ०७१ असोज १ गते मनहरि गाविस-६ रमौलीकी ७० वर्षीया सुकमाया बोटेलाई बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने सोही ठाउँका सङ्गीता बोटे, १९ वर्षीया सरीता बोटे र १८ वर्षीया अनिता भुजेललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । आफूलगायत सबैलाई विरामी पार्ने यही बुढी बोक्सी हो भनेर सुकमायाको घर घेरेर उनीहरूले सार्वजनिकस्थलमा दुर्व्यवहार गरेका थिए । सार्वजनिक स्थानमा सुकमायालाई म बोक्सी हुँ भनेर बकाउन लगाएर सिस्नोपानी लगाउने तयारी गरिरहेको अवस्थामा घटनास्थलबाट प्रहरीले तीनै जनालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मनहरीका इन्स्पेक्टर मोहन अधिकारीले बताए । "तत्कालै प्रहरी घटनास्थलमा नपुगेको भए पीडितमाथि थप दर्ुर्व्यवहार हुन सक्थ्यो" उनले भने । आरोपितविरुद्ध मुलुकी ऐन अदल महलको १० (ख) अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । पीडितले भदौ ३१ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis