Incident Reports

चितवनमा उम्मेदवारको गाडीमा आगजनी

2022-11-17

चितवनमा उम्मेदवारको गाडीमा आगजनी भएको छ । मास्क लगाई मोटरसाइकलमा आएका २ जना अपरिचित युवकहरुले चितवन क्षेत्र नम्बर-३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनको समयमा प्रयोग गर्दै आएको चुनावी प्रचार गाडीमा आगजनी गरेका हुन् ।

बिहीबार बिहान ६ बजे घर अगाडि पार्किङमा राखिएको बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कार्पियो गाडीमा पेट्रोल छर्किएर अज्ञात समूहले आगो लगाई भागेका थिए । आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको र ठूलो क्षती हुन नपाएको उम्मेदवार ढकालले जानकारी दिए । ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रबाट चितवन ३ (ख) का प्रदेशसभा उम्मेदवार हुन्।

हिजो बुधबार पनि चितवनमा गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको थियो । श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको समयमा भरतपुर महानगरपालिका-१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा.३ च २०५० नम्बरको गाडी निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेका थिए । यस्तै आइतबार चितवनमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमा पनि तोडफोड भएको थियो। इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा चुनावी प्रचारमा रहेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र पार्टीका कार्यकर्ता सवार उक्त गाडीमा तोडफोड गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments