Incident Reports

खाद्य सङ्कटग्रस्त क्षेत्रका लागि डिपो माग l

2014-09-17

Chettu Sherpa सङ्खुवासभा । ०७१ असोज १ गते खाद्यन्न सङ्कट भएको भन्दै वाला, सिसुवा, ताम्कु, माङतेवा, याफु गाविसबासीले खाद्यान्न डिपो राख्न खाद्य आपूर्ति समितिसँग माग गरेका छन् । उत्पादित अन्नले तीन महिना खान नपुग्ने भन्दै यस क्षेत्रका स्थानीयबासीले तत्काल पाँच सय क्वीण्टल क्षमताको खाद्य डिपो राख्न माग गरेका छन् । बाला,सिसुवा,माङतेवा र ताम्कु गाविस क्षेत्रमा जिल्ला खाद्य सुरक्षा सञ्जालले गत वर्षेखि खाद्यान्न सङ्कटग्रस्त क्षेत्र मापन गरेका छन् । खाद्यान्न डिपो स्थापना सहुलियतमा खाद्य संस्थानले चामल उपलब्ध गराए यस क्षेत्रमा खाद्य सङ्कट टर्ने नागरिक अगुवा इन्द्राहाङ राईले बताए । खाद्य संस्थानले भोटखोलाका चेपुवा,हटिया,पावाखोला र किमाथाङकालाई खाद्य सङ्कटग्रस्त मान्दै आएको थियो । उत्पादित अन्नले तीन महिनासम्म खान नपुग्नेको सङ्ख्या बढी भएको र मौसमअनुसारको खाद्यान्न उत्पादनमा कमी भएकाले त्यस क्षेत्रलाई खाद्य असुरक्षित क्षेत्र पहिचान गरेको सञ्जालका सदस्य सचिव वरिष्ठ कृषि विकास अधिकृत नीलकण्ठ पोख्रेलले बताए । तर, खाद्य आपर्ूर्ति समितिले यसमा चासो दिन आवश्यक भएको उनले बताए । खाद्य उपलब्धता, खाद्यन्नमा पहुँच र उपयोगितालाई मुख्य आय मानी असुरक्षित भएको ठहर गरेको छ । समितिले मङ्सिरदेखि फागुन, चैत्रदेखि असार र साउनदेखि कार्तिक महिनालाई वर्गीकरण गरी खाद्य सुरक्षामा ध्यान पुर्‍याएको छ । जसअर्न्तगत चैत्रदेखि असार र साउनदेखि कार्तिक महिनासम्म वालासिसुवा क्षेत्रमा खाद्यन्न सङ्कट हुने गरेको निष्कर्षनिकालेको छ । सदरमुकाम आउन पाँच दिनसम्म पैदल हिँड्नुपर्ने, यातयात सुविधा नभएकाले खाद्यन्न आपूर्तिमा समस्या भएकाले पनि यस क्षेत्र खाद्य असुरक्षित हुने गरेको नागरिक अगुवा ध्यान कुलुङले बताए । जिल्लामा ३ लाख ७० हजार ४ सय १४ क्षेत्रफलमध्ये ३१ हजार ५ सय ९६ अर्थात ८ दशमलव ५ प्रतिशत क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । जसमा १६ प्रतिशत सिञ्चित,३० प्रतिशत वषयाममा सिञ्चित र ५४ प्रतिशत असिञ्चित जमिन रहेका छन् । सिञ्चित जमिन कम भएसँगै यस क्षेत्रमा अन्न उत्पादन कम हुने गरेको छ । सञ्जालले 'क' वर्गमा दुई नगरपालिका र १८ गाविसलाई खाद्य न्यूनअसुरक्षित, 'ख' वर्गमा भोटखोलाअर्न्तगत किमाथाङका, मकालु, हटिया, चेपुवा र पावाखोला गाविसलाई असुरक्षित र 'ग' वर्गमा वाला, सिसुवा, ताम्कु, माङ्तेवा र याफु गाविसलाई उच्च खाद्य असुरक्षित गाविसका रूपमा वर्गीकरण गरेको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis