Incident Reports

बलात्कार प्रयास गर्नेविरुद्ध प्रहरीद्वारा अदालतमा मुद्दा दर्ता l

2014-09-17

Madhes, Siraha, Dhangadhimai

Manohar Kumar Pokharel सप्तरी । ०७१ असोज १ गते २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इटहरी विष्णुपर गाविस-३ का ४० वर्षीय अशिषलाल यादव र इटहरी विष्णुपर गाविस-४ का ३५ वर्षीय उमेशकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले असोज १ गते मुद्दा दर्ता गरेको छ । पीडितको उजुरीका आधारमा राजविराजस्थित अञ्चल अस्पतालमा भदौ ३० गते स्वास्थ्य परिक्षण गरी असोज १ गते मुद्दा दर्ता गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ । पीडितका पति घर बाहिर गएका बेला झ्याल नभएको निर्माणाधीन घरभित्र प्रवेश गरी आरोपितहरूले भदौ २८ गते राति १२ बजे बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएकी थिइन् । पीडित र निजकी सासुको गुहार सुनेर घटनास्थलमा गाउँलेहरुले जुटेपछि आरोपितहरु फरार भएको पीडितले बताइन् । फरार आरोपितहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis