Incident Reports

शंकास्पद वस्तु भेटिएपछि दैलेखको चामुण्डा बिन्द्रासैनीमा सुरु भएन मतदान

2022-11-20

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 5

दैलेख — दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि अझै मतदान सुरु हुन सकेको छैन ।

आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो ।

अहिले कालीबक्स गणबाट सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदान केन्द्रमा करिब १ हजार ९ सय मतदाता रहेका छन् ।





Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Secondary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments