Incident Reports

छोरी बलात्कारका आरोपित गिरफ्तार l

2014-09-17

Binod Pandey बाँके । ०७१ असोज १ गते एक १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले बालिकाका बुवालाई भदौ ३१ गते गिरफ्तार गरेको छ । आफ्नै छोरी बलात्कार आरोपमा फरार रहेका आरोपितलाई फरार रहेको अवस्थामा गिरफ्तार गरेको हो । विगत छ महिना देखि बावुले पटक पटक बलात्कार गर्दै आए पछि बालिकाले पत्र लेखेर टेबुलमा राखेको अवस्थामा आफन्तले भेटी बालिकाकी आमालाई देखाएका थिए । घटनापछि पीडितकीले जिल्ला प्रहरी कार्यालयमा भदौ २८ गते निवेदन दिएकी थिइन् । पीडितको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वास्थ्य परीक्षण गराइएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालाले घटनाको अनुसन्धान भइरहेको बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis