Incident Reports

विप्लव समूहले चितवनमा मतपेटिका जलायो

2022-11-20

Bagmati, Chitawan, Rapti, Ward 8

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो।

राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। चितवनका डीएसपी सुदन आचार्यका अनुसार उनीहरुले ख मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएका छन्।

‘ख मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ। तर, मतपत्र भने जलेको छैन। ’ आचार्यले भने, ‘करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ।’

१०/१२ जनाको समूहमा आएका उनीहरुले मतपेटिका एउटा मतपेटिका जलाएपछि भागेका हुन्। उनीहरु पर्खाल नाघेर भागेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments