Incident Reports

मोरङको देवीस्थान केन्द्रमा मतदान स्थगित

2022-11-20

Province 1, Morang, Budhiganga, Ward 1

मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो। लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो। विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। ‘सुरुमा बम विष्फोटको हल्ला चलेको थियो। बुझ्ने क्रममा पटका पड्काएको पाइएको छ,’ उनले भने, ‘मतदाताबीच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको छ। पुनः मतदान सुरु गर्ने तयारी हुँदै छ।’ मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको दाहालले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments