Incident Reports

इलामको शिरिसे माविमा बम विस्फोट, मतदान भने जारी

2022-11-20

Province 1, Ilam, Maijogmai, Ward 5

इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट गराइएको छ। तर, मतदानमा त्यसले कुनै असर नगरेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ।

मतदान चलिरहेकै बेला केही तल अम्ब्रीसोबारीमा विस्फोटको ठूलो आवाज आएको थियो। माटोमुुनि पुरेको अवस्थामा रहेको वस्तु पड्किएको तर कुनै क्षति नभएको निर्वाचनमै खटिएका एक पर्यवेक्षकले जानकारी दिए।

प्रहरीले नियतबस विस्फोट गराइएको देखिए पनि मतदानमा कुनै असर नभएको बताएको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले कसैले तर्साउन विस्फोट गराएको हुनसक्ने भएपनि मतदान शान्तिपूर्ण रूपमा चालु रहेको बताए। बिहान ९ बजेतिर यहाँ विस्फोट भएको थियो। विस्फोटस्थलमा अरू वस्तुसहित पड्किएको मोबाइलसमेत फेला परेको छ।

 इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक गराइएको विस्फोट । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Killed 00
Election-related cause primary
National/Online Media

0 Comments