Incident Reports

धनुषामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट

2022-11-20

Madhes, Dhanusha, Bateshwor, Ward 1

नुषाको बटेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट भएको छ।

बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो।

एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी दिए।

विवादलगतै क्षेत्र नं. ४ ‘ख’ का उम्मेदवारसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद समाधान गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments