Incident Reports

नेकपा बहुमतका अर्घाखाँची इन्चार्जसहित ४ जना पक्राउ

2022-11-20

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 2

४ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-२ बस्ने २४ वर्षीय पदम नेपाली, जिल्ला उपाध्यक्ष २२ वर्षीय राजेश नेपाली, मालारानी गाउँपालिका–८ बस्ने १९ वर्षीय कुमार नेपाली र सोही ठाउँका १९ वर्षीया लक्ष्मी खनाल रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments