Incident Reports

मतदान बिथोल्न खोज्ने ३ जना पक्राउ

2022-11-20

Karnali, Rukum West, Aathbiskot

रुकुम पश्चिम — रुकुम पश्चिममा निर्वाचनमा अवरोध पुर्‍याउने प्रयास गर्ने ३ जना नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ५, ११ र १३ नम्बरमा मतपत्र च्यात्ने, मतपेटिकामा लात्ति हानेर मतदानमा अवरोध गर्न प्रयास गर्ने तीन जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

पक्राउ पर्नेमा युवा संगठनका जिल्ला संयोजक महेश बस्नेत, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरि पुन र संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य राकेश विक रहेका छन् । बस्नेत वडा नम्बर ५ को गोतामकोट, पुन वडा नम्बर १३ को निमावि घेत्मा र विक वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलबाट पक्राउ परेको बताइएको छ ।

मतदानमा अवरोध गर्न खोज्नेलाई पक्राउ गरिएको र मतदान भने नरोकिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । अहिले थप सुरक्षा व्यवस्था कडा पारेर मतदान चलिरहेको उनले बताए । चन्द नेतृत्वको नेकपा र नेकपा बहुमतलगायत दलले घोषित रुपमै चुनाव बहिष्कार गरेर चुनाव बिथोल्न विभिन्न प्रयास गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments