Incident Reports

बझाङमा झडप रोक्न हवाइ फायर गर्दा प्रहरी घाइते

2022-11-20

Sudurpashchim, Bajhang, Chabispathivera, Ward 1

बझाङको छविस पाथिभेरा गाउँपालिका - १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको छ । हवाइ फायर गर्ने क्रममा गोली लागी एक प्रहरी हवल्दार घाइते भएका छन् । ती घाइते हवल्दारको उद्धारका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट एम्बुलेन्स सहितको प्रहरी टोली मतदान केन्द्रतर्फ गइरहेको छ ।

उक्त मतदान केन्द्रमा सुरुमा सत्ता गठबन्धन तर्फका एक कार्यकर्ताले मतपेटिका खोस्न लागेका थिए । उनलाई एमालेका कार्यकर्ताले उनलाई रोक्नुका साथै धकेलाधकेल गर्दा दुई पक्षबीच झडप भएको थियो । उक्त झडप रोक्नका लागि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो । यस क्रममा प्रहरी हवल्दारले हवाइ फायर गर्ने क्रममा गोली भित्तामा लागेर फर्किँदा खुट्टामा लागेको प्रहरी डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । यद्यपि घाइते प्रहरी हवल्दारको पहिचान खुल्न सकेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 1
Election-related cause primary
National/Online Media

0 Comments