Incident Reports

मानव अधिकार आयोगमा नियुक्तिको सिफारिस अध्यक्षमा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा l

2014-09-18

काठमाडौ, आश्विन २ - संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगमा रिक्त रहेको अध्यक्षसहित अन्य सदस्यहरुको नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मालाई आयोगको अध्यक्षमा सिफारिस गरेको हो । त्यस्तै आयोगको सदस्यमा सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्ती, वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, सुदिप पाठक र मोहोना अन्सारीको नाम सिफारिस गरेको छ । परिषदले गरेको सिफरिसमा संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ । परिषदले अझैपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगको रिक्त सदस्य पदहरुमा नियुक्तिका लागि नाम सिफारिस गर्न सकेन

0 Comments

Related Reports
Related Trend Analysis