Incident Reports

बलात्कारपछि हत्या गरेको आरोपमा दुईजना पक्राउ « Imagekhabar – Online News Portal of Nepal

2022-11-20

Bagmati, Chitawan, Bharatpur, Ward 2

काठमाडौं । बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गोरखा सिरानचोक ठेगाना भएका हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरुङ र सोही स्थानका विजय परियार पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनको मतदानका दिन आइतबार बिहान ६ बजे तिर भरतपुर–२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडी हाट बजार लाग्ने कम्पाउण्डसहितको चौरमा ५५/६० वर्षकी महिलाको शव फेला परेको थियो । अवस्था हेर्दा हत्या गरेको आशंका बढेपछि प्रहरीले स्थानीयसँग सोधपुछ गरी ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन सक्ने व्यक्तिको पहिचान गरेको थियो ।

प्रहरीले पहिला सन्दिपलाई नियन्त्रणमा लिएको थियो । उनीसँग सोधपुछ गरेपछि विजयलाई भरतपुरको क्षेत्रपुरबाट नियन्त्रणमा लिएको डीएसपी पण्डितले बताउनुभयो । सोधपुछको क्रममा दुईजनाले महिलालाई जबर्जस्ती करणी गरेको र पछि ढुंगाले हानेर हत्या गरेको डीएसपी पण्डितले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Secondary Form Rape
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments