Incident Reports

मतगणनाको माग गर्दै दोलखामा राँके जुलुस

2022-11-23

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको मतगणनाको माग गर्दै गठबन्धन दलका युवा संगठनले राँके जुलुस गर्दै विरोध जनाएका छन्। निर्वाचन सकिएको ३ दिन भैसक्दा पनि मतगणना सुरु नगरेको भन्दै निर्वाचन आयोग र मातहतका निकायविरुद्ध राँके जुलुस सहित नाराबाजी गर्दै विरोध जनाएका हुन्।

राँके जुलुसमा कांग्रेसको भातृ संगठन तरुण दल , माओवादीको युवा संगठन वाइसिएल र नेकपा एकीकृत समाजवादीको युवा संगठनका कार्यकर्ताहरु संलग्न छन्। उनीहरुले जिल्ला न्यायाधीश एवं दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको राजिनामा माग गर्दै उनको पुत्ला समेत दहन गरेका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै एमाले दोलखाका उम्मेदवारहरुले निर्वाचन आयोगमा पुनः मतदान गराउन भन्दै उजुरी गरेका थियो। सोही उजुरीका कारण निर्वाचन आयोगले तत्काल मतगणना नगर्न निर्देशन गरेका कारण मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org , CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments