Incident Reports

चर्को ब्याजविरुद्ध जुम्लाका व्यवसायी आन्दोलित

2022-11-27

बैंक तथा वित्तीय संस्थाद्वारा लगाइएको चर्को ब्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्लाका उद्योगी तथा व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाउँदै तत्काल ब्याजदर फिर्ता गरिनुपर्ने माग राखेका छन् ।

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई ज्ञापनपत्र बुझाउँदै चर्को व्याजदरले उद्योगी व्यवसायीको ढाडै सेकेको बताए । उनले भने,‘कोरोना महामारीका कारण कलकारखाना पूर्ण रुपमा प्रभावित छ । व्यापार व्यवसायमा तीव्र गिरावट आएको छ । झनै चर्को ब्याजदर बढ्दा नराम्ररी प्रभावित भएको छ । यो अवस्थामा बैंक तथा वितीय संस्थाले ब्याज बढाउनु असान्दर्भिक हो ।’

यस्तै उद्योगीहरूलाई सहजिकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्पडेक्स स्थापना गर्नुपर्ने व्यवसायीहरूको माग छ । घरदैलो तथा घुमन्ते व्यवसायहरूलाई कानुनी दायरामा ल्याएर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने पनि उनीहरूले जारी गरेको ज्ञापनपत्रमा उल्लेख छ । तर व्यवसायीक र संरक्षणका लागि राखिएका माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने उनीहरूले चेतावनी दिएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘विकासोन्मुख अवस्थामा रहेको नेपालमा विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) बाट उद्योगधन्दा कलकारखाना थला परेका छन् । मजदुर तथा कर्मचारीहरू कटौती गर्नुपर्ने अवस्था, उत्पादनमा कमी, इन्धनमा भएको मुल्यवृद्धिले पीडामा परेका उद्योगी व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदरका कारण पीडामा परेका छन् ।’ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले व्यापारीहरूको माग सम्बोधनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis