Incident Reports

महोत्तरी- १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

2022-11-26

 महोत्तरी निर्वाचन क्षेत्र नं १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।

गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र महतोले आरोप लगाए ।

क्षेत्र नं १ को निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने तयारी भइरहेको जनाएको छ । निर्वाचन अधिकृत गुणराज श्रेष्ठले मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटी भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटी नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको बताए ।

अन्य पार्टीमा मत गएको दाबी गर्दै आफ्नो मत संरक्षण गर्नुपर्ने माग गर्दै जनमतका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments