Incident Reports

बन्चरो प्रहार गरी श्रीमतिको हत्या, घटनाका आरोपित फरार

2022-11-26

Karnali, Jajarkot, Chhedagad, Ward 13

छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्थित पिपलतराकी ३३ वर्षीया पानसरा सुनारलाई ०७९ मङ्ंसिर ८ गते दिउँसो ११ बजेतिरको समयमा श्रीमान छेडागाड नगरपालिका –१३ कार्कीगाउँ स्थित पिपलतराका ३८ बर्षिय भद्र बहादुर सुनारले धारिलो हतियार प्रहार गरिहत्या गरेको भन्दै ०७९ मङ्ंसिर ११ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा पीडितका आफन्तले उजुरी दिएका छन् ।

पानसरालाई बन्चरो प्रहार गरी टाउकोमा चोट लागेको र स्थानीयले मृत अवस्थामा घटना घटेको दुई दिन पछि ०७९ मङ्ंसिर १० गते रातीमात्र थाहा पाएको स्थानिय डम्बर बहादुर सिंहले जानकारी दिनु भयो । महिला घरमा काम गरीरहेको समयमा घरायसी बिषयमा कुराकानीगर्ने क्रममा विवाद भएपछि पानसरालाई घरभित्रै लिएर बन्चरो प्रहार गरी हत्या गरिएको गाउँलेको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा ०७९ मङ्ंसिर ११ गते उजुरी गरे लगत्तै गिरफ्तारकालागी घटनास्थलमा प्रहरी परिचालन भएपनि भद्र बहादुर भने फरार भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष निरौलाले जनाकारी दिनु भएको छ । डीएसपी निरौलाले भन्नु भयो घटनाका दोषि फरार रहेको भएपनि खोजीकार्य भने जारी रहनेछ । शवको जिल्ला अस्पताल जाजरकोटमा ०७९ मङ्ंसिर ११ गते पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । मृतक पानसराकी १८ बर्षिया एक छोरी र १३ बर्षिय एक छोरा रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments