Incident Reports

श्रीमतीको हत्या आरोपमा पक्राउ

2022-11-28

Madhes, Saptari, Rajbiraj, Ward 1

 श्रीमतीको हत्या गरेको आरोपमा राजविराज नगरपालिका–१ चनौरा पडरियामा भैयालाल भनिने हिरालाल रजक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार श्रीमती ४० वर्षीया गीताको हत्या गरेको आरोपमा ५२ वर्षीय भैयाललाल सोमबार पक्राउ परेका हुन्।

राजविराज नगरपालिका–१ स्थित प्रांगारिक मल बनाउने निर्माणाधीन भवनको प्यासेजभित्र शव फेला परेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। राजविराज नगरपालिका–१ रामपुर टोल घर भएका उनीहरूपडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए। मृतकका बुबा गजानन्द रजक जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएकोकिटानी उजुरीका आधारमा आरोपित हिरालाललाई पक्राउ गरेको काफ्लेले जनाए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments