Incident Reports

मेयर बालेन साहलाई ज्यान मार्ने धम्की !

2022-11-28

काठमाडौं महानगरका मेयर बालेन शाहलाई सुकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने धम्की दिएका छन् । सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए । नगर प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौँ नगर प्रहरी घाइते भएका छन् । झडपकै क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा स्थानीय एकजनाले मेयर शाहको ज्यान अब खतरामा रहेको अभिव्यक्ति दिएका हुन् । "‘बालेन साहको ज्यान अब खतरामा हुन्छ । मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले," ती व्यक्तिले भनेका छन् । सो भिडियोलाई बालेन आफैँले सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठाएका छन् । "देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?," बालेनले लेखेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports