Incident Reports

महानगरपालिकाविरुद्ध आन्दोलित हुँदै बागबजारका व्यवसायी

2022-12-01

Bagmati, Kathmandu, Kathmandu

ठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। बागबजारमा सडकमा नै सवारी साधन पार्किङ गर्ने गरिएको छ। काठमाडौं महानगरपालिकाले केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरू हटाउन थालेपछि आफूहरुलाई असहज भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्। बिहीबार व्यवसायीहरुले आ–आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति बिरोध जनाएका छन्। महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो। कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो। व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन्। लाखौँ रकम व्यवसायमा लगाएर जीविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ। आफूहरुले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलित हुनुपरेको व्यवसायी राज कार्कीले बताए। उनले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई आग्रह गरे। व्यवसायी कार्कीले महानगरले आफूहरुको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने जनाए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis