Incident Reports

बालिका अपहरण र बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-09-19

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७१ असोज ३ गते १५ वर्षीया एक बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा पोखरा उमनपा-३ तेर्सापट्टीका १९ वर्षीय राहुल श्रेष्ठलाई जिल्ला अदालतको न्यायाधीश रामप्रसाद ओलीको इजालासले असोज २ गतेको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको छ । आरोपितले बालिकालाई अपहरण गरी पर्वत जिल्लाको बेनीमा लगेर ०७१ भदौ ३ गते बलात्कार गरी बेपत्ता बनाएको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा भदौ ५ गते उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरी अपहरण तथा शरीरबन्धक र जबरजस्तीकरणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । पीडित बालिकाको अवस्था अझै अज्ञात भएकोले अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनबहादुर थापा

0 Comments