Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-12-03

Sudurpashchim, Kailali, Dhangadhi, Ward 3

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—३ का १८ वर्षीय सुशान्त खनाललाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते कोठा भित्र लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले आरोपित विरुद्ध मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपितलाई घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी म्याद थपको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खडकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको एकद्वार संकट व्यवस्थापनका संयोजक मीरा शाहले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments