Incident Reports

बालिका बेचबिखन गर्ने जेल चलान l

2014-09-25

Province 1, Jhapa, Mechinagar

Arjun Basnet झापा । ०७१ असोज ९ गते १३ वर्षीया एक बालिकालाई बेचबिखन गर्न लगेको आरोपमा प्रहरी हिरासतमा रहेका दुवागढी गाविस -३ का ६० वर्षीय हुमरुटी भन्ने सुफल हेमरम सतार ०७१ असोज ८ गते जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षको लागि झापा कारागार चलान भएका छन् । आरोपितले ०७१ भदौ ७ गते छिमेकी १३ वर्षीया बालिकालाई स्थानीय चारआली बजारमा चप्पल किनिदिने भनि फकाइफूल्याइ भारततर्फलिएर गएका थिए । बालिकाका बाबुआमाले सोही दिन साँझ प्रहरीमा खबर गरेपछि प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । भारतको नक्सलबाडीका स्थानीयवासीहरूले ०७१ भदौ २५ गते बालिका र बृद्धलाई शङ्कास्पद रूपमा सडकमा हिँड्दै गरेको भेटेर भारतीय प्रहरीमा बुझाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीमा खबर गरेको थियो । इलाका प्रहरी काकरभिट्टाले पीडित र आरोपितलाई नेपाल ल्याएको थियो । अर्जुन बस्नेत

0 Comments