Incident Reports

नागरिकता र पासपोर्ट छानबिन भइरहेका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

2022-12-26

Bagmati, Kathmandu, Kathmandu

नेविसंघले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध प्रदर्शन गरेको छ। शितल निवासमा आज शपथ भइरहेका बेला नेविसंघले राष्ट्रपति कार्यालय बाहिर सडकमा लामिछानेको नागरिकता र पासपोर्ट छानबिन गर्न माग गर्दै प्रदर्शन गरेको हो। ‘नागरिकता छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाउनु कानुनी राज्यको उपहास भएको छ,’ नेविसंघका नेता भुवन भट्टले भने। प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू भट्ट, विक्रमआदित्य सिंह, मनिष रायमाझी, विनोद शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले चक्रपथस्थित प्रहरी कार्यालयमा लगेको छ। नागरिकता र पासपोर्टको छानबिन नसकिएसम्म लामिछानेलाई जिम्मेवारीबाट मुक्त गर्न नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि आग्रह गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments