Incident Reports

ओखलढुंगा : ५ वर्षीय नाबालक भान्जाको हत्या अभियोगमा १२ वर्षीय मामा प्रहरी नियन्त्रणमा

2022-12-27

Province 1, Okhaldhunga, Molung, Ward 7

नाताले भान्जा पर्ने ५ वर्षीय नाबालकको हत्या आरोपमा १२ वर्षीय मामालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ वर्षीय नाबालक साङ्गे शेर्पाको हत्या अभियोगमा उनका १२ वर्षीय मामा पक्राउ परेका हुन् । गत शुक्रबार घरबाट खेल्न बाहिर निस्किएका नाबालक शनिबार साँझ घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी टोलीले घटना स्थलमा पुगेर प्रारम्भीक अनुसन्धान गरेको थियो ।

सुरुमा उनी खेल्ने क्रममा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने आंकलन गरिएको भएपनि शरीरका विभिन्न भागमा कुटपिट भएको जस्तो चोटपटक देखिएपछि प्रहरीले हत्या भएको हुनसक्ने आशंका गरेको थियो । थप प्रमाण र घटनाको छानबिन गर्ने क्रममा उनकै मामा पर्ने १२ वर्षीय बालकले घटना घटाएको खुल्न आएको थियो । घटनामा संलग्न भएको पाईएपछि उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका ती बालकले प्रहरीसमक्ष घटना आफैँले घटाएको बताएका छन् ।

शुक्रबार दिउँसो नजिकैको जंगलमा दाउरा काट्न हिँडेका मामा संगै खेल्दै भान्जा पनि पुगेका थिए । त्यसैक्रममा आफुले लगाएको काम गर्न नमान्दा आवेगमा भान्जालाई लौरोले प्रहार गर्दा घटना घटेको उनले बताएका छन । मृतक नाबालक शेर्पाको शब कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइसकिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments