Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-09-25

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७१ असोज ९ गते एक १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाईएका दिक्तेल नगरपालिका-२ का ६५ वर्षीय श्यामप्रसाद आचार्यलाई जिल्ला अदालत खोटाङले असोज ८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार शाखा दिक्तेल चलान गरिएको छ । आरोपितले बालिकालाई भदौ ३१ गते बिहान भैसीलाई घाँस लगाउन गएको समयमा बाटो छेकेर बलात्कार गरेको भनि पीडितपक्षले जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दिएको उजुरीको आधारमा घटना भएकै दिन गिरफ्तार गरी जबरजस्ती करणी तथा हाडनाता करणी महल अर्न्तर्गत मुद्दा चलाइएको थियो । बालिकाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा भदौ ३१ गते स्वास्थ्य परीक्षण गरिएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis