Incident Reports

शिक्षकको योजनामा ८ कक्षामा पढ्ने विद्यार्थीको अपहरणपछि हत्या

2022-11-21

Madhes, Parsa, Birgunj, Ward 25

पर्साको बीरगञ्जमा शिक्षकको योजनामा कक्षा ८ मा पढ्ने विद्यार्थीको अपहरणपछि हत्या भएको छ । पुस १० मा बीरगञ्ज महानगरपालिका–२५ स्थित गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलमा ८ कक्षामा पढ्ने निरज कुमार पासवानको शव भेटिएको थियो । १४ वर्षीय पासवानको अपहरणपछि हत्या भएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए । हत्यामा संलग्न आरोपमा प्रहरीले सो विद्यालयका शिक्षक ३० वर्षीय दिलिप कुमार पटेल र वीरगञ्ज महानगर–१७ अलौ घर भएका श्याम प्रसाद यादव उर्फ कृष्णा लाई पक्राउ गरेको छ । पर्साको धोविनी गाउँपालिका घर भएका ३० वर्षीय पटेल सो स्कुलका भाेइस प्र्रिन्सीपल र गणित शिक्षक हुन् । मंसिर ५ मा शिक्षकले बोलाएपछि निरज स्कुलमा गएका थिए । स्कुलमा श्याम प्र्रसाद यादव र अर्का एकजनालाई बोलाएर ३ जना मिलेर बालकको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

विद्यार्थीको शव पुस १० मा बोर्डिङ स्कुलको पुरानो भवनमा भेटिएको डिएसपी गिरीले जानकारी दिए । हत्यापछि टाढा शव व्यवस्थापन गर्न समस्या भएपछि सेफ्टी ट्यांकीमा हालिदिएको आरोपीहरुले प्रहरीसँग स्विकारेका छन् । धोबिनी गाउँपालिका–१० स्थित घोडदौडप्रिया घर भएका शिक्षक दिलिप आउजाउ गर्न टाढा भएको हुनाले स्कुल नजिकै डेरामा बस्थे । आरोपीहरुरुले हातखुट्टा बाँधेर घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । मंसिर १७ मा फिरौति माग गर्दै उनीहरुले ‘पैसा नदिए कान्छो छोरालाई पनि मार्छौं’ भनेर मृतकका धम्कि दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments