Incident Reports

नग्न तस्बिरमा महिलाको टाउको जोडेर चरित्र हत्या गर्ने पक्राउ

2022-12-28

Bagmati, Bhaktapur, Bhaktapur, Ward 9

इन्टरनेटमा रहेको नग्न तस्बिरमा महिलाको टाउको जोडेर फेसबुक मेसेन्जरमा पठाउँदै चरित्र हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा साथी बनाइ कुराकानी गर्ने र पछि चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर ९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई पक्राउ गरेको हो । उनले थग्न तस्बिरमा पीडित महिलाको टाउको जोडेर पीडितलगायत आफन्तसमेतको फेसबुक मेसेन्जरमा पठाउने गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा पक्राउ परेका उनलाई कारबाही अघि बढाउन बुधबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद दिइएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments