Incident Reports

बलात्कार घटनाका आरोपित १५ महिनापछि गिरफ्तार l

2014-09-24

Bagmati, Makawanpur, Hetauda

The Makawanpur District Court has already sentenced each of them to 10 years of prison term and fined Rs 200,000 Pratap Bishta मकवानपुर । ०७१ असोज ९ गते १७ वर्षीया एक बालिकालाई बलात्कार गरी फरार रहेका हेटौँडा नगरपालिका- १३ पदमपोखरीका १९ वर्षीय जीवन थिङलाई १५ महिनापछि प्रहरीले ०७१ असोज ८ गते राती उनकै घरबाट गिरफ्तार गरेको छ । फरार थिङ घरमा आएर लुकेर वसेको जानकारी पाएपछि प्रहरी टोलीले राती नै घर घेराउ गरेर थिङलाई गिरफ्तार गरेको प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । पीडित बालिकालाई ०७० असार ८ गते राती आरोपितसहित आठ जनाले नारायणी र गोलक्वाईन भन्ने होटलमा सामूहिक बलात्कार गरेका थिए । अन्य आरोपित गिरफ्तार भइसकेका छन् । जिल्ला अदालत मकवानपुरले जनही १० वर्षकैद र जनही २ लाख रुपैया क्षतिपूर्ति भराउने फैसला गरिसकेको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis