Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2022-12-30

Sudurpashchim, Kailali, Tikapur, Ward 5

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा टिकापुर नगरपालिका–५ नुक्लीपुरका ३० वर्षीय प्रेम शाही विरुद्ध पुस १७ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दर्ता भएको छ । बालिकालाई पुस १५ गते घर नजिकै रहेको केराबारीमा लगेर यौन दुर्व्यवहार गरेको भन्दै आरोपितका विरुद्ध घटना भएकै दिन ईलाका प्रहरी कार्यलय, टिकापुरमा उजुरी दिएको भए पनि पुस १७ गते मात्रै उजुरी दर्ता भएको पीडित बालिकाका बुवाले इन्सेक प्रतिनधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटना लगत्तै प्रहरीलाई जानकारी गराई उजुरी दिदा समेत घटना भएको दुई दिनपछि उजुरी दर्ता गरिएको र आरोपितलाई गिफ्तार नगरेको टिकापुर नगरपालिका–५ का वडाध्यक्ष बलवीर थारुले इन्सेक प्रतिनधीसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित पक्षले घटना भएको दिन पुस १५ गते अबेर उजुरी दिएको र पुस १६ गते शनिवार भएको कारण पुस १७ गते उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी हेम शााहीले बताउनु भयो । उहाँले आरोपित फरार रहेकाले प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १५ गते टिकापुर अस्पतालमा भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments