Incident Reports

मानसिक बिरामीलाई पटक-पटक बलात्कार

2022-01-04

Gandaki, Baglung, Galkot

मानसिक समस्या भएकी महिलालाई एक युवकले पटक–पटक बलात्कार गरेको खुलेको छ । गलकोट नगरपालिका–२ की ४५ वर्षकी महिलालाई २८ वर्षीय रामबहादुर गैरेले बलात्कार गरेका हुन् । गत असारदेखि घाँस काट्न, मकै गोड्न गएका बेला र कोही नभएको मौका पारेर घरमै पुगेर पनि उनले बलात्कार गरेको घटना सार्वजनिक भएको हो । गैरेले महिलाको गर्भ रहेको/नरहेको जाँच गर्नसमेत लगेपछि परिवारका सदस्य र छिमेकीले शंका लागेर केरकार गर्दा उनले घटना स्विकारेको स्थानीय विष्णु विकले बताइन् । ‘यो घटना गम्भीर हो, यस्ता घटना लुकाएर राख्दा समाजमा धेरै महिला पीडित हुनेछन् भनेर हामीले बाहिर ल्याउने निर्णय गर्‍यौं,’ उनले भनिन्, ‘प्रहरीमा जाने कुरा चलेपछि केटा भागेको छ ।’ पीडक सम्पर्कबाहिर रहेकाले प्रहरीमा उजुरी गरेर खोजी र कारबाहीको पहल थालिएको उनले बताइन् ।

गलकोट–२ नरेठाँटी प्रहरी चौकीले उजुरी जिल्ला प्रहरीमा दर्ता गर्न भनेपछि पीडित महिला र उनका छोरीले जिल्ला प्रहरीमा जाहेरी दर्ताको तयारी गरेका छन् । ‘हामी पनि सहयोग गर्छौं, जिल्लामै पुगेर जाहेरी दर्ता गर्नु भन्नुभयो, निवेदन नबुझेपछि जिल्ला जाने तयारीमा छौं,’ पीडितकी छोरीले भनिन्, ‘आमामाथि अन्याय हुँदा नजिकको प्रहरीले जिल्ला लैजानु भनेर फेरि दुःख दियो ।’ पैसा दिएर गाउँमै घटना गुपचुप बनाउन खोजेका गैरेले उजुरी पर्ने थाहा पाएपछि कामसमेत छाडेर भागेका छन् । गैरे स्थानीय ढुंगा उद्योगमा काम गर्थे । जनप्रतिनिधि र सामाजिक अगुवाले दुई पटकसम्म बैठक बसेर घटनाको छानबिन गरेका थिए । ‘मानसिक समस्या भएकाले महिलाले बोलेको कुरा सुरुमा विश्वास भएन,’ स्थानीय एक महिलाले भनिन्, ‘पटक–पटक बलात्कार भएको कुरा उनले बताउन थालेपछि मात्रै खोजी भएको हो ।’ १५ वर्षअघि पतिको मृत्युपछि ती महिलामा मानसिक रोगको समस्या देखिएको थियो । कुरा बिर्सने, राम्रोसँग नचिन्ने समस्याले केही समयदेखि उनी ग्रसित छिन् ।

घरको आर्थिक अवस्था कमजोर भएकाले महिलाका परिवार सदरमुकाम आउन चाहेका थिएनन् । पटक–पटक घटना भएको खुलेपछि र आफैंलाई पनि जोखिम भएकाले ऋण खोजेर सदरमुकाम पुगेर उजुरी गर्ने तयारीमा पुगेको पीडितकी छोरीले बताइन् । ‘सुरुमा छिमेकीले न्यायिक समितिमा जाऊ भन्नुभएको थियो,’ उनले भनिन्, ‘यो गम्भीर मुद्दा अदालतमै लैजानुपर्छ भनेर सल्लाह पाएपछि जाहेरी लिएर गएका हौं ।’ वडा कार्यालयले पनि उक्त घटनालाई प्रहरीमै दर्ता गर्न सुझाव दिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments